सर्लाहीको पर्साबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडाैं | भदौ ३, २०८०

सर्लाहीको पर्साबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सर्लाहीको पर्सा नगरपालिकाबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।

 

भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल  र १५ राउन्ड  गोली तथा  २० वर्षीय  प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच  राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

सशस्त्र प्रहरी बल संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षक  कृष्णबहादुर गुरुङका अनुसार उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा गएराति पक्राउ गरेको  हो ।  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।
 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्